Like us!
Follow us!
Connect us!
Watch us!

जूम अब भायानेट मार्फत्

अर्थ संसार

विहीबार, ०८ साउन २०७७, १७ : ०९ मा प्रकाशित

जूम अब भायानेट मार्फत्

अर्थ संसार, काठमाडौं– भायानेट, नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकले जूम भिडियो कन्फ्रेन्सिङ एपको अफर अब ल्याएको छ । जूमकोे भिडियो कन्पे्रmन्सिङ एप्ले यो लकडाउन र सामाजिक दूरीको समयमा व्यापक लोकप्रियता कमाइरहेको बेलामा अहिलेको आवश्यकतालाई बुझेर, भायानेटले नेपालको लागि जूमको आधिकारिक रिसेलर जिनिज् सोलुशनसँग साझेदारी गर्दै जूमको पेड सदस्यता अफर गर्दैछ । भायानेटका ग्राहकहरुले भायानेट मार्फत् जूमको सदस्यता लिंदा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपाल भरि फैलिरहको कोभिड–१९ का कारण सबै संगठन र संस्थानहरु अहिले जूम जस्ता भिडियो कन्फ्रेन्सिङ/मिटिङ्ग एपमार्फत् आफ्नो दैनिक कार्य संचालन गरिरहेका छन् ।

जूम शैक्षिक संस्थानहरुका लागि अनलाइन कक्षाहरु संचालन गर्न, कर्पोरेटको लागि मिटिङ्ग, कन्फ्रेन्स र रिमोट तालिम गर्न र प्रशिक्षक, प्रेरक वक्ताकालागि वेबिनारहरु गर्न प्रभावकारी छ । त्यसै हुनाले यस एप्को पेड भर्जनले व्यक्ति र संघ–संस्थालाई महामारीको दौरान र पछि आफ्नो कार्यहरु सजिलै संचालन गर्न उल्लेखनीय फाइदा र सुविधा प्रदान गर्दछ ।

अनपेड सदस्यताको दाँजोमा पेड सदस्यताको केही फाइदाहरु यस प्रकार छन्ः २४से घण्टे गु्रप मिटिङ (अनपेडमा ४० मिनेट मात्र), होस्टले १००० सदस्य भन्दा बढी सदस्यमा अपग्रेड गर्नसक्ने वा १०,००० जना उपस्थित भएर हेर्न मात्र मिल्ने र स्पीच–टु–टेक्स्ड ट्रान्सक्रीप्शनद्वारा मिटिङको बुँदाहरु स्वतःउत्पादनहुने सुविधापनि यसमा उपलब्ध छ ।

यसको साथै भायानेट कम्यूनिकेशनप्रा.लि.ले, नेपालको अग्रणी इन्टरनेट र टिभी सेवाप्रदायकले आफ्नो सेवालाई अझ राम्रो बनाउन र ग्राहकको आवश्यकतालाई पूरा गर्नको लागि अर्को एउटा कदम चालेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको