Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षमा भायनेटको नयाँ अफर

मंगलबार, ०३ बैशाख २०७६, ०८ : ५१ मा प्रकाशित

नयाँ वर्षमा भायनेटको नयाँ अफर

अर्थ संसार, काठमाडौं– नेपालको पहिलो र बिशाल FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर  भायनेट कम्युनिकेसन्स्ले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले अतिरिक्त २ महिनाको इन्टरनेट र नेट टि.भी. निःशुल्क प्राप्त गर्न सक्नुहुनेछ ।


आजको समयमा भायनेट सन्तुष्ट ग्राहकहरु भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा चिनिन्छ । १५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप् प्रदान गर्दै आएको छ । यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबंधन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको