Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाको त्रास देखाउँदै शेयर बजारमा अस्वाभाविक चलखेलको प्रयास

मिलन खड्का

विहीबार, १५ साउन २०७७, १० : ३१ मा प्रकाशित

कोरोनाको त्रास देखाउँदै शेयर बजारमा अस्वाभाविक चलखेलको प्रयास

अर्थ संसार, काठमाडौं– कोरोनाको त्रास देखाउँदै  शेयर बजारमा अस्वाभाविक चलखेल देखिएको छ । काठमाडौं उपत्यकामा कोरोनाको संक्रमित बढेसँगै केही स्वार्थ समूहहरुले बजारमा कोरोनाको कारण फेरी लकडाउन हुने र बजार बन्द हुने हल्ला फैलाउँदै बजारमा चलखेल गरिरहेको पाइएको छ ।

नेपाल धितोपत्र बोर्डले अब कुनै पनि हालतमा शेयर बजार बन्द नहुने बताइसकेपनि स्वार्थ समूहले भने सोझा साझा लगानीकर्तालाई डर त्रासको बातावरण सिर्जना गर्दै हतोत्साहित पार्दै बजारलाई घटाउने खेलमा लागेको बुझिएको छ । 

केही ब्रोकरहरुमा बुझ्दा नाम नखुलाउने सर्तमा केही ठूला लगानीकर्ताहरु कोरोनाको त्रास देखाउँदै बजार घटाउने र सस्तोमा शेयर किन्ने दाउमा रहेको बताउँछन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएपछि पनि शेयर बजारमा सोचअनुरुप नबढेको विश्लेषकहरु बताउँछन् ।

मौद्रिक नीतिको सवैले तारिफ गर्दै नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने बताइरहँदा  बजारले भने सोचअनुरुप गति लिन सकेको छैन ।  कुनै पनि कम्पनीको प्रर्फमेन्सले शेयरको भाउ तलमाथि हुनु पर्नेमा के हल्लैहल्ला त शेयर बजारमा गरेको होइन ?

हामी हाइड्रो मात्र बनाउने कम्पनी होइन, लगानीकर्तालाई प्रत्येक वर्ष प्रतिफल दिन्छौँ, ढुक्क भएर आइपिओमा लगानी गर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको