Like us!
Follow us!
Connect us!
Watch us!

तरकारी बेचेर मासिक डेढ लाख आम्दानी

मंगलबार, २२ चैत्र २०७३, १८ : २३ मा प्रकाशित

तरकारी बेचेर मासिक डेढ लाख आम्दानी

अर्थ संसार 

रामपुर (पाल्पा) – रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्नुहुन्छ । उहाँ अहिले तरकारी बेचेर मासिक रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल हुनुभएको छ । करिब २५ वर्षसम्म भारतमा काम गरेर फर्कनुभएका भण्डारीले व्यावसायिक रुपमा तरकारीखेती गरेर जिल्लाकै नमुना कृषकका रुपमा चिनिनुहुन्छ । 

“जीवन जिउने आधार नै तरकारी खेती बनेको छ,” उहाँले भन्नुभयो– “यही व्यवसायबाट दाम र नाम मिलेको छ ।” जिल्लामै नमुना व्यावसायिक कृषकका रुपमा पहिचान बनाउन सकेकामा उहाँ खुसी हुनुहुन्छ । 

बाह्र वर्षअघि दुईवटा घिरौँलाको बोटबाट भण्डारीले व्यवसाय सुरु गर्नुभएको हो । अहिले उहाँले सात रोपनी जग्गामा व्यवसाय विस्तार गर्नुभएको छ । मेहनत र जाँगर भयो भने यथेष्ट आम्दानी गर्न कुनै समस्या नहुने भण्डारीको भनाइ छ । 

बेमौसमी तरकारीले बजारमा उचित मूल्य पाएपछि त्यसतर्फ बढी ध्यान दिएको भण्डारी बताउनुहुन्छ । तरकारी व्यवसायबाट दुई छोरीको पढाइ खर्च, विवाह खर्चका लागि आफूलाई कुनै समस्या नपरेको उहाँको भनाइ छ । अहिले उहाँले काँक्रा, लौका, घिरौँला, फर्सी जातका तरकारी लगाउनुभएको छ । यतिबेला उहाँलाई काँक्रा बेच्न भ्याइनभ्याई छ । 

“बेमौसमी उत्पादन भएकाले बजारमा अत्यधिक मात्रामा काँक्रा बिक्री भइरहेको छ,” भण्डारीले भन्नुभयो । आफूमा सीप, जाँगर र मेहनत छ भने घरमै दैनिक दुई÷तीन घन्टा काम गरेर पनि हजारौँ रुपैयाँ कमाउन सकिने उदाहरणीय पात्र बन्नुभएको छ कृषक भण्डारी । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको