नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख पर्यटकीय सहर भैरहवा स्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । द सोल्टी काठमाडौं, र्याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउण्टेन ग्लोरी पोखरा लगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको ट्रान्क्यूलिटी स्पाले अब लुम्बिनी प्रदेशमा पनि आफ्नो उपस्थिति बनाएको छ ।
ट्रान्क्यूलिटी स्पा नेपालीहरुमा मात्र होइन, विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूबीच पनि उत्तिकै लोकप्रिय छ। साथै, मलेसियामा सञ्चालनमा रहेको यसको शाखाले पनि उत्कृष्ट सेवा प्रदान गर्दै त्यहाँका ग्राहकहरूको मन जित्न सफल भएको छ। शान्ति र वेलनेस एकै सिक्काका दुई पाटा जस्तै हुन् त्यसैले ‘लुम्बिनीको प्रवेशद्वार’ भनेर चिनिने भैरहवामा स्थापना गरिएको यो सुविधासम्पन्न स्पा तथा वेलनेस सेन्टरले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई मनको शान्ति र शरीरिक आराम प्रदान गर्ने उद्देश्यसहित गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। नयाँ शाखामा विभिन्न प्रकारका हाईड्रो र्थमल थेरापी, सैलुन सेवा, स्विमिङ, जिम, परम्परागत नेपाली मसाज उपचार लगायत समग्र वेलनेसका सेवाहरु उपलब्ध रहेको छ ।
स्पा व्यवसाय तथा नयाँ शाखाको बारेमा बोल्दै ट्रान्क्यूलिटी स्पाका अध्यक्ष भुवन फैजुले भने, “ट्रान्क्यूलिटी स्पा एक पारिवारिक स्पा तथा वेलनेस ब्रान्ड हो । हरेक व्यक्तिका लागि स्पा तथा वेलनेस भनेको आधारभूत आवश्यक्ता हो त्यसैले हामीले स्थापना कालदेखि नै नेपालमा स्पा तथा वेलनेस संस्कृतिको प्रवद्र्धन गर्दै आएका छौं । यही अभियान अन्तर्गत भैरहवाको सिद्धार्थ विलासामा पूर्ण सुविधा सम्पन्न शाखा सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौं ।” कार्यकारी निर्देशक सुरेश पुरीले काठमाडौँ बाहिर पनि गुणस्तरीय वेलनेस सेवा विस्तार गर्ने संस्थाको दीर्घकालीन लक्ष्यअनुसार यो कदम चालिएको बताए । उनका अनुसार प्रमूख पर्यटकीय तथा आतिथ्य क्षेत्रहरूमा स्पा सेवाको पहुँच विस्तार गर्नु कम्पनीको प्राथमिकता रहेको छ।
ट्रान्क्यूलिटी स्पाले मन र शरीरलाई आराम दिने सेवा प्रदान गर्ने मात्र होइन, वेलनेस पर्यटन तथा व्यवसायको प्रवद्र्धन गर्दै युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरसमेत सिर्जना गरिरहेको छ। कम्पनीले हाल नेपालभर १८ वटा भन्दा धेरै शाखाहरु मार्फत सेवा सञ्चालन गर्दै आएको छ र २५० भन्दा बढी युवाहरुलाई रोजगारीको अवसर प्रदान गरेको छ। कम्पनीले नेपालको तीव्र रूपमा विकास हुँदै गएको वेलनेस क्षेत्रमा गुणस्तरीय रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित अघि बढिरहेको छ । भैरहवाको नयाँ शाखामा मात्र अहिले ४० कर्मचारी छन् र यो संख्या क्रमश बढ्दै लग्ने कम्पनीको योजना छ ।
यस नयाँ शाखासँगै ट्रान्क्यूलिटी स्पाले नेपालको आतिथ्य तथा वेलनेस उद्योगलाई आधुनिक उपचार पद्धति र परम्परागत उपचार विधिको संयोजनमार्फत अझ सुदृढ बनाउने प्रतिबद्धतामा एक कदम अघि बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस