Like us!
Follow us!
Connect us!
Watch us!

मध्यपूर्व युद्ध : काठमाडौंबाट निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

अर्थ संसार

मंगलबार, १९ फागुन २०८२, १९ : ३२ मा प्रकाशित

मध्यपूर्व युद्ध : काठमाडौंबाट निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय हवाई उडान रद्द भएका छन् । 

आज जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सले काठमाडौंमा गर्ने उडान रद्द भएको हो । कुवेत, सारजहाँ, आबुधावी, दुबई, दोहाका निर्धारित उडान रद्द भएका हुन् । मध्यपूर्वी देशमा निर्धारित उडान बाहेक अन्य मुलुकमा समेत सामान्य रूपमा उडान÷अवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको एयरस्पेस आज पनि बन्द रह्यो । हिजो सोमबार पनि त्रिभुवन विमानस्थलका लागि पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको