Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

मंगलबार, १९ फागुन २०८२, ११ : ०१ मा प्रकाशित

तीन कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । फागुन १७ गते सोल्टी होटल लिमिटेड, अपी पवार कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेमा सोल्टी होटलको १५ प्रतिशत बोनस सेयर बापत १ करोड ५३ लाख २८ हजार ९८५ कित्ता सेयर, अपी पावरको ५ प्रतिशत बोनस सेयर बापत ३० लाख ३७ हजार ९६३.९१ कित्ता र भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनस सेयर बापत ८ लाख ३२ हजार ९२६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको साधारणसभाले पारित गरेको बोनस सेयर नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भएलगत्तै कम्पनीले आफ्ना शेयरधनीहरूको डिम्याट खातामा बोनस शेयर पठाउने गर्छ । डिम्याट खातामा बोनस सेयर प्राप्त भएपछि सेयरधनीले कारोबार गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको