Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा,बोनस र नगद कति ?

अर्थ संसार

मंगलबार, १९ फागुन २०८२, १० : ३४ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा,बोनस र नगद कति ?

प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको आधारमा कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांशमध्ये ८.७ प्रतिशत बराबर १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँको बोनस सेयर रहेको छ भने कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत अर्थात् ७७ लाख ८८ हजार ५८८ रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ।

कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको