Like us!
Follow us!
Connect us!
Watch us!

अब सजिलो मिल्सबाट तयारी खाना घर घरमा

निशा हुमाँगाई

सोमबार, १९ साउन २०७७, १५ : ४१ मा प्रकाशित

अब सजिलो मिल्सबाट तयारी खाना घर घरमा

अर्थ संसार, काठमाडौं – व्यक्तिले चाहे अनुसारको तयारी खाना घर घरमा पुर्‍याउने उद्देश्यले सजिलो मिल्स प्राइभेट लिमिटेडले भाेलि (श्रावण २० गते, मंगलबारबाट) आफ्नो कारोबार संचालन गर्न गइरहेको छ ।

कम्पनीले पहिलो चरणमा काठमाण्डौँभित्र सञ्चालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु ग्राहको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्‍याउने लक्ष्य लिएको छ । हाल सम्म ३५ वटा रेष्टुरेन्टसँग यस सम्बन्धी सम्झाैता भइसकेको छ। दोस्रो चरणमा घरमा तयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्‍याउने कार्यक्रम बनाएको छ ।

घरमा तयार हुने खानाको लागि उपत्यका भित्र पाँच-पाँच जना महिलाको समूह बनाई पच्चिस स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तैयार गरिनेछ । उनीहरुलाई आवश्यक सामाग्री, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी श्रृजना गरिनेछ र घरको काम सक्काएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादन शिल बनाउने प्रयास गरिनेछ ।

लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौँ भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेको हो । अष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा. सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंक र बीमा व्यवसायी रमेश कुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यकावासीको मन जितेर रोजगारी श्रृजनाको साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने विश्वास दिलाएकाे छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको