Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तद्वारा कोरोना काेषमा आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

मंगलबार, २० साउन २०७७, ११ : ५३ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तद्वारा कोरोना काेषमा आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं – कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोग पुर्याउनको लागि ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरूप ३४ लाख २३ हजार ६ सय ९८ रुपैयाँ जम्मा गरेको छ ।

आइतबार संस्थाका सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद घिमिरे र प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले अर्थमन्त्री डा. युवराज खतिवडालाई  उक्त रकम बराबरकाे चेक हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, संस्थाले पूर्व संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा ११ लाख र सबै सात प्रदेश सरकारहरूले स्थापना गरेको यस प्रकारको कोषमा प्रत्येक प्रदेशलाई समान २ लाख ५० हजारले गरी  कुल रकम २८ लाख ५० हजार सहयोग रकम जम्मा गरेको जानकारी दिएकाे छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको