Like us!
Follow us!
Connect us!
Watch us!

ऋण लगानीमा वृद्धि

विहीबार, २४ चैत्र २०७३, १३ : ११ मा प्रकाशित

ऋण लगानीमा वृद्धि

अर्थ संसार 

गुलरिया – जिल्लामा सहकारी संस्थाको बचत बढेसँगै ऋण लगानीमा समेत वृद्धि भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थाले चालु आवको आठ महिनामा करिब रु साढे दुई अर्ब बचत गरेका छन् भने करिब रु पौने चार अर्ब ऋण परिचालन गरेका छन् ।

आव २०७३/७४ को दोस्रो चौमासिकमा सक्रिय अवस्थामा रहेका कृषि, बचत तथा ऋण, दुग्ध उत्पादक, उपभोक्ता, बहुउद्देश्यीय र अन्य गरी कुल ४०५ सहकारीले रु दुई अर्ब ४९ करोड ६६ लाख १८ हजार बचत गरेका हुन् । 

सो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा रु एक अर्ब ४८ करोड २६ लाख २४ हजार बढी भएको डिभिजन सहकारी कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । सहकारीले गत आवमा रु एक करोड ४० लाख बचत गरेका थिए । गत आवको सोही अवधिमा सहकारीले रु एक अर्ब ८२ करोड ऋण लगानी गरेका थिए । 

सहकारीको कुल सेयर पुँजी रु ४६ करोड ४५ लाख १० हजार तथा सेयर सदस्यको सङ्ख्या एक लाख २७ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा रु १९ करोड २३ लाख ६१ हजार सेयर पँुजी रहेको थियो । सेयर सदस्य सङ्ख्या ६४ हजार १८३ जना रहेको थियो । 

चालु आवको आठ महिनामा सहकारीले रु एक अर्ब १६ करोड ८३ लाख ४९ हजार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बाह्य ऋण लगानी गर्नुका साथै रु ४१ करोड २४ लाख ९ हजार जगेडा कोषमा जम्मा गर्न सफल भएका छन् । जिल्लामा सबैभन्दा धेरै ११९ कृषि सहकारी, ८० बचत तथा ऋण, ७३ बहुउद्देश्यीय, १७ उपभोक्ता, १५ दुग्ध उत्पादक र २९ अन्य सहकारी सञ्चालनमा छन् । सात वटा सहकारी एकीकरण हुने तयारीमा रहेको कार्यालयले जनाएको छ । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको