Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा सबैभन्दा धेरै भाउ भएको युनिलिभर नेपाल घाटामा (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, १४ : ३८ मा प्रकाशित

शेयर बजारमा सबैभन्दा धेरै भाउ भएको युनिलिभर नेपाल घाटामा (विवरणसहित)

अर्थ संसार, काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड २० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेकाे थियाे ।

विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनका कारण कम्पनीको व्यापार घटेकाले नोक्सानी व्यहोर्नु परेकाे हाे ।

त्यस्तै, ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेकाे यस कम्पनीकाे जगेडा कोषमा भने १ अर्ब ८७ करोड ८८ लाख रूपैयाँ कायम रहेको छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानीमा पनि भारी गिरावट आएकाे छ । गत वर्ष १ हजार १ सय ५९ रुपैयाँ रहेको कम्पनीकाे प्रतिशेयर आम्दानी अहिले घटेर जम्मा ३ सय ८६ रूपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ पनि २ हजार ५ सय २६ रुपैयाँबाट घटेर २ हजार १ सय ४२ रुपैयाँमा झरेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको