अर्थ संसार
काठमाडौं–राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुन अब १३ प्रतिशत मात्रै बाँकी रहेको छ ।भूकम्प र भारतको नाकाबन्दीको मारमा नपरेको भए आयोजना यखिेर सम्पन्न भइसक्ने थियो ।
आयोजना निर्माण सम्पन्न भएको भए यतिखेर भारतबाट थप विद्युत् पनि आयात गर्नुपर्ने थिएन । निर्माणको क्रममा रहेको कुल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको काम ८७ प्रतिशत सकिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ र ऊर्जा मन्त्रालयमा उपलब्ध गराएको तथ्यांकअनुसार आयोजनाको गति युद्धस्तरमा रहेको छ ।आयोजनाको काम अब १३ प्रतिशत मात्र बाँकी छ । यो फागुन मसान्तसम्मको तथ्यांक हो । आयोजनाको हेडरेस सुरुङ खन्ने काम अब १ हजार १ सय मिटर मात्र बाँकी रहेको छ । निर्धारितसमयमा सम्पन्न हुने गरी आयोजनाको काम भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
उनकाअनुसार आगामी ०७५ असार अन्तिमसम्म आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।संशोधित नयाँ कार्यतालिका अनुसार तामाकोसीको पहिलो युनिट ०७५ असार ३१ गते सञ्चालनमा आउने छ ।
यस्तै बाँकी युनिट सोही वर्षको मंसिर २७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना सञ्चालनमा आएपछि भारतबाट बिजुली आयात बन्द हुनेछ । माथिल्लो तामाकोसीलगायत अन्य ठूला आयोजना निनिर्धारित समयमा सम्पन्न गर्नका लागि काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । लोडसेडिङ हटाउन प्राधिकरणले भारतबाट विद्युत आयात गरिरहेको छ ।
आयोजना निर्माणमा रु ३३ अर्ब बढी खर्च भएको छ । आयोजनाको कुल लागत रु ३५ अर्ब २९ करोड भएपनि भूकम्प र नाकावन्दी र विभिन्न कारणले बढेर रु ४१ अर्ब ७८ करोड पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस