अर्थ संसार, काठमाडौं- युनाइटेड फाइनान्स लिमिटेडले ‘युनाइटेड सुन धितो कर्जा’ योजना ल्याएको छ।
युनाइटेड सुन धितो कर्जा प्रकृया गरेको एक घण्टाभित्र धितो कर्जा उपलब्ध हुने युनाइटेड फाइनान्सले जनाएको छ।
सुन धितो कर्जाको ब्याजदर भने वार्षिक १३ प्रतिशत कायम गरिएको छ।
कर्जाको अवधि एक बर्षसम्मको लागि भएपनि आवश्यकता अनुरुप पून नवीकरण गर्न समेत मिल्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।
मुल्यांकनको ७५ प्रतिशतसम्म सुन धितो कर्जा पाइनेछ। हाल यो सुविधा फाइनान्सका उपत्यकाका कालिमाटी, न्युरोड र घन्टाघरका शाखा तथा बुटवल र बिराटनगरबाट उपलब्ध हुने फाइनान्सले जनाएको छ।
तत्काललाई ५ वटा शाखा मार्फत यो सुविधा उपलब्ध भएपनि छिट्टै नै सबै शाखा मार्फत यो सुविधा उपलब्ध हुने फाइनान्सले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस