Like us!
Follow us!
Connect us!
Watch us!

रक्षा मन्त्रालयको बजेट पुस्तिका नपाएको भन्दै हर्क साम्पाङको आपत्ति

अर्थ संसार

विहीबार, ०४ असार २०८३, १४ : ११ मा प्रकाशित

रक्षा मन्त्रालयको बजेट पुस्तिका नपाएको भन्दै हर्क साम्पाङको आपत्ति

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति 'राष्ट्रघाती' भएको टिप्पणी गर्दै त्यसलाई तत्काल संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर सच्याउनुपर्ने माग गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालमा रहेका भुटानी शरणार्थीहरूले भोगिरहेको मानवीय समस्याप्रति समेत सरकारको गम्भीर ध्यानाकर्षण गराए।

उनले भने,‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति अविलम्ब रेकर्डबाट हटाइनुपर्छ भन्ने माग हामीले निरन्तर उठाइरहेका छौँ, तर त्यसको सुनुवाइ भएको छैन । यसले सदनको गरिमा बढाएको छैन । उक्त राष्ट्रघाती अभिव्यक्ति प्रधानमन्त्रीले आफ्नै मुखबाट सच्याउनुपर्छ भन्ने हाम्रो माग यथावत् छ ।'

दशकौंदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकहरूले आफ्नो स्वदेश फिर्ती वा तेस्रो मुलुकमा रहेका परिवारका सदस्यहरूसँग पुनर्मिलनको माग गरिरहेको उल्लेख गर्दै उहाँले यस विषयमा सम्बन्धित मन्त्रालयले विशेष गम्भीरता देखाउनुपर्नेमा जोड दिए।

‘आफ्नो राष्ट्र छोडेर शरणार्थीका रूपमा बाँच्न बाध्य मानिसहरूका लागि पनि हामीले सोच्नुपर्छ । उनीहरूलाई कि स्वदेश फिर्ता पठाउने पहल गरियोस्, होइन भने परिवार मिलनका लागि अन्य राष्ट्र पठाउने व्यवस्था मिलाइयोस्,’ उनले भने ।

रक्षा मन्त्रालयको छलफलमा विभागीय मन्त्री नै अनुपस्थित भएको र मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) समेत उपलब्ध नगराइएको भन्दै उनले कडा आपत्ति जनाएका छन्। मन्त्रालयको खर्च विवरण समावेश भएको उक्त पुस्तक सांसदहरूलाई किन वितरण गरिएन भन्दै उनले सभामुखमार्फत सरकारसँग तत्काल जवाफ समेत माग गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको