सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ मा नर्वेले सानदार सुरुवात गरेको छ । नर्वेले इराकमाथि ४–१ को सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेलाई जित दिलाउन स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे भने इराकको फितलो रक्षापङ्क्ति र दोस्रो हाफको कमजोर प्रदर्शनले उसलाई निरीह बनायो । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा नर्वेले सुरुदेखि नै दबाब बनाएको थियो ।
खेलको २९ औं मिनेटमा डेभिड मलर वुल्फको पासमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाए । इराकले पहिलो हाफमा निकै संघर्षपूर्ण खेल प्रदर्शन गयो । खेलको ३९ औं मिनेटमा अमिर अल अमारीको पासलाई सदुपयोग गर्दै आयमेन हुसेनले गोल गरेपछि इराकले खेललाई १–१ को बराबरीमा ल्याएको थियो । यो इराकको विश्वकप इतिहासकै दोस्रो गोल थियो ।
तर इराकको यो खुसी धेरै समय टिक्न सकेन । पहिलो हाफ सकिनु ठिक अघि ४३ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा प्रतिस्पर्धात्मक देखिएको इराक दोस्रो हाफमा भने पूर्णतः दबाबमा देखियो ।
खेलको ७६ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा लियो ओस्टिगार्डले गोल गरेपछि नर्वेले ३–१ को अग्रता बनायो । खेलको अन्तिम समयमा इराकका गोलकर्ता आयमेन हुसेनबाट आत्मघाती गोल हुन पुगेपछि नर्वेले ४–१ को फराकिलो जित सुनिश्चित गयो । आज भएको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पाराजित गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस