शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक वर्षको बजेटमा सोही लक्ष्यअनुसार आवश्यक बजेटको व्यवस्था गरिएको दाबी गरे।
मन्त्री पोखरेलले विद्यालय तहदेखि नै डिजिटल शिक्षाको विकास र विस्तारका लागि सरकारले विशेष लगानी गर्ने तयारी गरेको र त्यसका लागिसमेत उचित बजेट विनियोजन गरिएको स्पष्ट पारे।
‘वर्तमान सरकारको शिक्षा तथा स्वास्थ्यमा उल्लेख्य लगानी गर्ने प्रतिबद्धता अनुरुप आगामी आर्थिक वर्षमा शिक्षामा लगानी वद्धि गर्दै लगिनेछ । विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्नका लागि स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाई उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेशन लर्निङसँग सम्बन्धि क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको छ,’ मन्त्री पोखरेलले भने ।
विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभुत तहको सिकाई उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेशन लर्निङसँग सम्बन्धि क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको मन्त्री पोखरेलको भनाइ थियो ।
‘आगामी वर्षका लागि विद्यालय पूर्वाधारमा १० अर्व ४५ करोड २४ लाख ४ हजार विनियोजन गरिएको छ । केही माननीयज्युहरुले पूँजीगततर्फ न्युन बजेट विनियोजन गरिएको कुरा गर्नुभएको छ । यस्ता मन्त्रालयहरुमा पूँजीगत खर्च न्युन नै हुने गर्दछ । शिक्षा क्षेत्रको सुधारका लागि गरिने सबै क्रियाकलापका लागि बजेटको आवश्यक्ता पनि हुँदैन,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस