Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेशी लघुवित्तको ३ लाख कित्ता साधारण सेयर बजारमा, यहाँबाट दिनुहोस आवेदन

शुक्रबार, २५ चैत्र २०७३, १२ : ३३ मा प्रकाशित

स्वदेशी लघुवित्तको ३ लाख कित्ता साधारण सेयर बजारमा, यहाँबाट दिनुहोस आवेदन

अर्थ संसार 
काठमाडौं– सेयर लगानी गर्नेमा सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बजारमा  स्वदेशी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता साधारण सेयर आज देखि निष्काशन गरेको छ ।

१ सय रुपैयाँ अंकित दरका तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निश्काशन गरेको हो । कम्पनीले १२ हजार कित्ता सेयर कर्मचारी र १५ हजार कित्ता शेयर दश म्चुअल फण्डलाई दिने र बाँकी २ लाख ७० हजार कित्ता सेयरमा आम सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता ५ हजार रुपैयाँ र अधिकतम १५ सय कित्ता एक लाख ५० हजार रुपैयाँ आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

यहाँबाट दिनुहोस आवेदन 

एनएमबी क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक
सेयर निष्काशनका लागि कम्पनीले एनएमबी क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

त्यस्तै लगानीकर्ताले स्वेदशी लघुवित्तको केन्द्रिय कार्यालय सुनसरी, एनएमबि क्यापिट लिमिटेड नागपोखरी काठमाडौं, एनएमबि बैंकका शाखा कार्यालय उपत्यकाभित्र सूर्य विनायक भक्तपुर, तीनकुने, सीतापाईला काठमाडौं र थैव ललितपुर साथै उपत्यका बाहिर तीनदोबाटो–बनेपा, गोल्छा चोक–विराटनगर, आदर्श नगर–विरगञ्ज, अनारमनी–वित्र्तामोड, ट्राफिक चोक–बुटवल, नयाँ बजार–दैलेख, बसपार्क रोड–धनगढी, महेन्द्रपथ–धरान, भानुचोक–जनकपुर, नारायाणगढ–चितवन, सुर्खेत रोड–नेपालगञ्ज, न्यूरोड–पोखरा, लम्की–कैलाली, उर्लाबारी चोक–उर्लाबारी, सल्लेरी–सोलुखुम्बु, धुन्चे–रसुवा, इटहरी–सुनसरीबाट आवेदन दिन सकिनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको