Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारसँग जोडिएका कार्यालयलाई आज २ वटा पास, आइतबारदेखि पासको संख्या बढ्ने

अर्थ संसार

विहीबार, ०४ भदौ २०७७, १२ : ५४ मा प्रकाशित

शेयर बजारसँग जोडिएका कार्यालयलाई आज २ वटा पास, आइतबारदेखि पासको संख्या बढ्ने

अर्थ संसार, काठमाडौं-  नेपाल धितोपत्र बोर्डले बिहीबारदेखि लागू भएको निषेधाज्ञामा  आवातजावतको लागि शेयर बजारसँग सम्बन्धीत कार्यालयलाई आज २ वटा पास उपलव्ध गराएका छ । आइतबारदेखि पासको संख्या बढ्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले  बताए । 

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज(नेप्से), सीडीएससी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल, निक्षेप सदस्यका प्रति कार्यालय २ वटा अर्थात २ कर्मचारी लागि कार्यालय जान आउन दिन अनुरोध गरेको हो । बढ्दो कोरोना भाइरसका कारण काठमाडौं बन्द भएपनि शेयर बजार भने बन्द भएको छैन् । 

ब्रोकर कार्यालयका कर्मचारी बिच बाटोमै रोकिए,शेयर कारोबारमा समस्याको संकेत 

बोर्डले यी सबै संस्थामा २ कर्मचारीका दरले आवागमन गर्न दिन भन्दै गृह मन्त्रालय, अर्थमन्त्रालय, काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका प्रमूख जिल्ला अधिकारी, महानगरीय ट्राफिक प्रहरी महाशाखालाई लिखित अनुरोध  गरेको छ । पास बिनाको ब्रोकर कर्मचारी कार्यालय जाँदा बिच बाटोमा ट्रोफिक प्रहरीले रोकेको थियो । 

यो पनि पढ्नुहोस्

लगानीको मौका ! रिलायन्स लाइफ र समाजको आइपिओ आजदेखि बिक्री खुल्ला 

१०० मा आइपिओ पाउने दिन गएकै हो त ? के हो बुक बिल्डिङ्ग भनेको ? आर्थिक पत्रकार /अधिवक्ता लिलानाथ घिमिरेको विचार

भिडियोसहित)

लिवर्टी इनर्जीको आईपिओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको