Like us!
Follow us!
Connect us!
Watch us!

बुढी घरमा नाच्दै, बुढा आइपिओ भर्न बैंकको लाइनमा  !

अर्थ संसार

शुक्रबार, ०५ भदौ २०७७, १४ : ०४ मा प्रकाशित

बुढी घरमा नाच्दै, बुढा आइपिओ भर्न बैंकको लाइनमा  !

अर्थ संसार, काठमाडौं– सिन्धुपाल्चोक घर भएका हाल काठमाडौंको कुपन्डोलमा बस्दै आएका ४० वर्षिक रामबहादुर कार्की शुक्रबार  केन्द्रिय कार्यालय थापाथलीको एनआईसी  एशिया बैंकको प्रबेश गर्ने ढोकाको अगाडि लाइनमा भेटिए ।

विहान १० बजेदेखि कार्की समाज लद्युवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इनस्योरेन्सको साधारण शेयर (आइपिओ) भरेको आवेदनको फारम बुझाउन लाइनमा बसेको सुनाए ।

'लाइन बसेको २ घण्टा भैसक्यो अझै पालो आएको छैन्' कार्कीले भने -'आजको दिन एतै बित्ने भयो, एनआईसी एशिया बैंकमा कामको लागि आउनु पर्यो भने दिन बित्यो भनेपनि हुन्छ ।'

बुढीहरु घरमा रमाइरहेका छन्, आफू भने आइपिओ भर्न बैंक आएको कार्कीले सुनाए ।  कोरोनाले माइत जान नपाएपछि घरमै महिलाहरुले काठा भित्रै तीज मनाएका छन् ।   

कार्की जस्तै रामेछाप घर भएका हाल ललितपुर बस्दै आएका हरिचन्द न्यौपाने पनि लाइनबाट भने - 'लाइनमा बसेको १ घण्टा भैसक्यो अझै पालो आउँदैन, एनआइसीले खातावाला ग्राहक मात्र बढाउने, सेवा र सुविधा चाँही बढाउनु पर्दैन ? खत्तम बैंक रहेछ ।'

न्यौपाने पनि बजारमा निश्कासन भैरहेको तीन कम्पनी लिवर्टी इनर्जी कम्पनी लिमिटेड, समाज लद्युवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इनस्योरेन्सको आइपिओ भरेको आवेदन फारम बुझाउन लाइनमा बसेका थिए । 

उताबाट बैंकको सेक्युरिटी गार्ड लाइन नबस्न र सामाजिक दूरी कायम गर्न बारम्बार आग्रह गरिरहेका थिए । तर, लगानीकर्ताहरु भने जवरजस्ती लाइनमा बस्दै आएका थिए ।

बैंकको प्रवेशद्धावारमा भिडभाड देखेपछि एनआइसी एशियका माथिल्लो निकायका एक कर्मचारी तल आएर भन्दै  थिए-' सामाजिक दुरी कायम गरौं, कोरोनाको डर छ, सवैको पालो आउँछ, कर्मचारी कम छ, राजधानीमा जम्मा  ५ वटा शाखाको लागि २७ जनाको लागिमात्र पास छ । त्यसमा पनि बिहीबार बिदा भएकाले बैंकमा ग्राहकको  भिड भएको हो ।' 

एनआइसी एशियाको कन्द्रिय कार्यालयमा जम्मा ३/४ जना महिला कर्मचारीले काम गरिरहेका थिए । एनआईसी एशियाको काउन्टरमा काम गर्ने पुरुषलाई तीजमा बिदा छ, महिलालाई बिदा छैन् । त्यहाँ गएर हेदा त्यस्तो देखिन्थ्यो । घरमा दिदिबहीनी नाच्दै थिए होलान, आफू भने बैंकमा कामको पेलाईले ती कर्मचारीमा महिलाहरुको अनुहारमा खुसीपन देखिदैन थियो । 

मेरो शेयर​ नचलेपछि लगानीकर्ता आइपिओ भर्न बैंकमा 

तीन कम्पनीको आइपिओ एकैचोटी बजारमा निश्कासन हुँदा मेरो शेयरको सिस्टमले धान्न सकेको छैन् । बिहीबार दिनभरजसो  मेरो शेयरको सिस्टम डाउन भयो । मेरो शेयर  घरी खुल्ने घरी नखुल्ने गर्दा लगानीकर्ता राम्रो कम्पनीको आइपिओ छुट्ने डरले शुक्रबार बिहानै बैंकमा आवेदन फारम  लिई भरेर बुझाउन आएका हुन् । बैंकमा आउने कतिपय लगानीकर्ताले मेरो शेयर लिएका थिएनन् । बैंकमा आइपिओ भर्न आउने लगानीकर्ताले आफ्नो मात्र नभई परिवार सवैको आइपिओ भरेका छन् । बैंकको सिमित मात्र शाखा खोल्दा खुलेका शाखामा ग्राहकको चाप ह्वात्तै बढेको देखिन्छ । 

तीन कम्पनीको आइपिओ बजारमा 

अहिले शेयर बजारमा तीन कम्पनीको आइपिओ बजारमा निशकासन भई धमाधम बिक्री भैरहेको छ । लिवर्टी इनर्जी कम्पनी लिमिटेड, समाज लद्युवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इनस्योरेन्सको आइपिओ बिक्री खुल्ला भैरहेको छ । तीन वटै कम्पनी लगानीकर्ताको रोजाइमा परेको छ । 

Liberty Energy Company को IPO को सम्पूर्ण जानकारी | 

h1>Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको