Like us!
Follow us!
Connect us!
Watch us!

समाज लद्युवित्तको आइपिओ पर्ने आशामै सिमित हुने संकेत !  दुई दिनमा पर्यो ७९ गुणाबढी आवेदन

अर्थ संसार

शुक्रबार, ०५ भदौ २०७७, १९ : १८ मा प्रकाशित

समाज लद्युवित्तको आइपिओ पर्ने आशामै सिमित हुने संकेत !  दुई दिनमा पर्यो ७९ गुणाबढी आवेदन

अर्थ संसार, काठमाडौं -समाज लद्युवित्त वित्तिय संस्थाले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा माग भन्दा ७९ गुणाबढी आवेदन परेको छ ।   

 निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयरमा शुक्रबार साँझ सम्ममा २ लाख ९३ हजार ५८ आवेदनबाट ६३ लाख ८९ हजार ५२० कित्ता माग आवेदन परेको छ । यो आवेदन रकम संस्थाको निष्काशीत रकमको तुलनामा ७९ गुणाले धेरै हो ।

समाज लद्युवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको  हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।  नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर  पनि लगानीकर्ताले आवेदन दिन सकिनेछ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको