अर्थ संसार 
काठमाडौं– कम्पनीले मेची अञ्चल, पाँचथर तथा ताप्लेजुङ्ग जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा २५ मेगावाट जडित क्षमताको काबेली बी–१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
उक्त आयोजनाको निर्माण कार्य सम्पन्न गरी २०७४ आश्विन सम्ममा राष्ट्रिय ग्रीडमा विद्युत प्रवाह गर्ने कम्पनीको लक्ष्य रहेको छ । मेची कोरिडोर १३२ ट्रान्समिसन लाइनमा जडान भई राष्ट्रिय ग्रीडमा विद्युत आपूर्ति गर्ने यो आयोजनाको निर्माणमा ढिलाई हुनुको कारण समयमा १३२ ट्रान्समिसन लाईनको निर्माण सम्पन्न हुन नसक्नु हो ।
मेची कोरिडोर प्रसारण लाइन  लाईन अन्तर्गत इलामको फिदिमदेखि पाँचथरको अमरपुर सम्म ६० कि. मि. ट्रान्समिसन लाईनको निर्माण सम्पन्न गर्न २०७४/०१/१० गतेको म्याद तोकी नेपाल विद्युत प्राधिकरणले ठेकेदार कम्पनी ज्यागुर एण्ड अस्तर जेभीलाई निर्माण कार्यको जिम्मा दिएको छ । तापनि यो आयोजनाको निर्माण कार्य सम्पन्न हुन थप समय लाग्ने देखिएको छ ।
यो पनि पढ्नुहोस्
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस