अर्थ संसार, धादिङ-धादिङको गजुरी गाउँपालिका–१ मा रहेको चेपाङ छात्रावासमा रहेका २३ जना चेपाङ बालिकालाई प्रयास नेपाल धादिङले आर्थिक सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी जारी बन्दाबन्दि तथा निषेधाज्ञाका कारण दैनिक ज्यालामा जान नसकेका चेपाङ छात्राहरुको परिवारहरुलाई शनिबार आर्थिक सहयोग उपलव्ध गराईएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनुभयो ।]
गजुरी गाउँपालिका भित्र विभिन्न सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था प्रयास नेपाल धादिङले गाउँपालिकाको समन्वयमा चेपाङ किशोरीहरुको परिवारलाई आर्थिक सहयोग गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष बस्नेत, चेपाङ संघका पदाधिकारीहरु सहितको टोलिले वडा नं।४ च्याङ्ली फेदीमा पुगेर चेपाङ छात्रालाई प्रति बालिका ४ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
गजुरी गाउँपालिका वडा नं. ३, ४ र ६ का १५ जनालाई पनि शनिबारनै आर्थिक सहयोग उपलव्ध गराइएको छ भने सोहि गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका गरी बाँकी आठजना बालिकाको परिवारलाई भोलि आईतबार सहयोग गर्ने कार्यक्रम रहेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
बन्दाबन्दिका कारण दैनिक ज्यालामा जान नसकेका चेपाङ परिवारको दैनिक खाद्यान्नमा र बालबालिकाको शैक्षिक सामाग्री व्यवस्थापनमा सहयोग होस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरिएको कार्यकारी निर्देशक अर्यालको भनाई छ । सहयोग प्राप्त गरेपछि खुशी व्यक्त गर्दै छात्रा सविना चेपाङले घरकालागि अत्यावश्यक सामग्री र शैक्षिक सामाग्री खरिद गर्ने बताएकी छिन् ।
अति विपन्न तथा बञ्चेतिकरणमा समुदायका बालबालिकाको शिक्षाका लागि प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको सहयोगमा प्रयास नेपालले गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा परियोजना सञ्चालन गरिरहेको छ ।
Liberty Energy Company को IPO को सम्पूर्ण जानकारी |
नेप्सेमा सूचिकृत जीवन र निर्जीवन बीमा कम्पनीको मुल्य कति ?
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस