Like us!
Follow us!
Connect us!
Watch us!

‘अँध्यारो’ बाट  विद्युत् प्राधिकरणको नाम फेरिएर ‘उज्यालो ’

शुक्रबार, २५ चैत्र २०७३, १७ : ३६ मा प्रकाशित

‘अँध्यारो’ बाट  विद्युत् प्राधिकरणको नाम फेरिएर ‘उज्यालो ’

अर्थ संसार 

काठमाडौं–उर्जा मन्त्री जनार्दन शर्माले अब विद्युत प्राधिकरणको पहिचान फेरिएको बताएका छन् । शुक्रबार विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल  इन्जिनियरिङ नेपालले संयुक्त रुपमा मनउन शुरु गरेको विद्युत सुरक्षा दिवसको अवसरमा आयोजीत कार्यक्रममा मन्त्री शर्माले उक्त कुरा बताएका हुन  । मन्त्री शर्माले सँधै अँध्यारोको पहिचान बोकेको प्राधिकरण अब उज्यालोमा बद्लिएको बताए ।

आज विद्युत सुरक्षा दिवसकै दिनबाट सुरक्षा सम्बन्धि अभियान सुरु भएको भन्दै मन्त्री शर्माले यसका लागि विभिन्न प्रविधि भित्राउने तथा तालीम अभियानमा लगानि गर्न सके दुर्घटना घटाउन सकिने बताए । यसका लागि कर्मचारी स्वयं सजक हनुपर्नेमा जोड दिदै उनले निति निर्माणमा आफूले सहयोग गर्ने स्पष्ट पारे । 

उनले विद्युत चुहावट घटाउन सहयोग गर्ने पहिलो शक्ति जनता भएको भन्दै प्रशासन त दोश्रो शक्ति मात्र भएको बताए । कार्यक्रममा मन्त्री शर्माले भने ‘ हरेक कर्मचारीलाई विद्युत चोरी हुनु भनेको आफ्नो नशाबाट रगत चोरेको हो भन्ने अनुभव हुनुपर्दछ ।’ शर्माले थपे, ‘लोडसेडिङ हटाउन महत्वपूर्ण भुमिका खेल्ने प्राधिकरणका निर्देशक कुलमान घिसिङ लगायत तपाई सम्पूर्ण कर्मचारीलाई म सम्मान गर्छु ।’ 

हिंजो विद्युतका कर्मचारी गल्ली गल्ली जाँदा ओठ लेप्रयाउदै डराउदै जानु पर्नेमा आज छाती खुलाउदै जानसक्ने अबस्था आउनुनै जनताको कर्मचारी प्रति सम्मान भएको मन्त्री शर्माको भनाई छ । उर्जा मन्त्रालयले चलाएको उज्यालो नेपाल अभियान विद्युत उत्पादनको लागि मात्र नभएर गलत विचार, अन्धकार मनहरुलाई उज्यालो बनाउने तथा आफै सच्चिने अभियान भएको मन्त्री शर्माले बताए ।

अव, प्रतिव्यक्ति विद्युत १ सय ३० किलोवाट बढाएर हजारौ किलोवाट बनाउनुपर्ने भन्दै मन्त्री शर्माले त्यसका लागि नेपालका सबै जलाशयहरुको उपयोग गर्ने बताए । 

आफूहरुले ८ हजार मेगावाट अभियान अंघि सारेको भन्दै तमोर, अरुण तथा उत्तरगंगा त्यसैको उदाहरण भएको उनले बताए । यि अभियानमा प्राधिकरणका कर्मचारी, राष्ट्र सेवक, नेपाली नागरिक, विदेशमा रहेका नेपाली तथा विदेशीहरुलाई लगानिमा सहभागिता गराउने मन्त्री शर्माले जानकारी गराए । उनले राष्ट्रिय प्रशारण लाइन पूर्व पश्चिम हाइवेका रुपमा विकास गरिने समेत प्रष्ट पारे ।

त्यस्तै, उक्त कार्यक्रममा बोल्दै विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले आजको यो कार्यक्रम भनेको लोडसेडिङ अन्त्यका लागि रातको १२ बजे पनि खट्ने कर्मचारीको सम्मान भएको बताए । उनले लोडसेडिङ अन्त्य गरेको विद्युत प्राधिकरणको अबको मुख्य काम भनेको गुणस्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत दिनु रहेको जनाए ।

त्यसअंघि बिहान १० बजे दिद्युत प्राधिकरणबाट सुरु भएको ¥याली शहिदगेट, सुन्धारा, न्युरोड,इन्द्रचोक, असन, जमल हुदै प्राधिकरणमा पुगेर कोणसभामा परिणत भएको थियो । उर्जा मन्त्री जनार्दन शर्मा, प्राधिकरणका निर्देशक कुलमान घिसिङ, विद्युत प्राधिकरणका कर्मचारी लगाएत संयौ सर्वसाधारण व्यानर र प्लेकार्ड सहित प्रभातफेरीमा सहभागि भएका थिए । आज मुलुकभर विद्युत प्राधिकरणको अगुवाईमा विद्युत सुरक्षा दिवस मनाईदै छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको