Like us!
Follow us!
Connect us!
Watch us!

च्याम्पियन लिगको उपाधिको लागि पीएसजी र बायर्न भिड्दै, कसले बाजी मार्ला ?

अर्थ संसार

आइतबार, ०७ भदौ २०७७, १३ : ५७ मा प्रकाशित

च्याम्पियन लिगको उपाधिको लागि पीएसजी र बायर्न भिड्दै, कसले बाजी मार्ला ?

अर्थ संसार, काठमाडौं –युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिको लागि आज जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) खेल्दैछन् ।

आज नेपाली समयानुसार राति १२ः४५ बजेबाट पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा शुरु हुने खेलमा बायर्न र पीएसजी एक–अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा छन् ।  

दुवै टिम  घरेलु लिगडको च्याम्पियन हुन् र्।  बायर्न जर्मन बुन्डेसलिगा च्याम्पियन हो भने पीएसजी फ्रेन्च लिग वान च्याम्पियन हो । पीएसजीले यस सिजन तीन उपाधि आफ्नो बनाइसकेको छ । 

पीएसजीले मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।बायर्नले भने फ्रेन्च क्लब लियोनमाथि ३–० गोलको जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो । एजेन्सी
 

नेप्सेमा सूचिकृत जीवन र निर्जीवन बीमा कम्पनीको मुल्य कति ? 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको