अर्थ संसार, काठमाडौं– रिलायन्स लाइफ इनस्योरेन्स लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिनुभयो । भदौ ४ गते देखि नश्किासन भएको आइपिओमा माग भन्दा धेरै आवेदन परेकाले छिटो मिति भदौ ८ गते अर्थात आज अन्तिम दिन रहेका छ ।
निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको अनुसार आइतबार ४ बजेसम्म ५ लाख ३ हजार ८०२ जना आवेदकले २ अर्ब ४ करोड, १४ लाख १९ हजार रुपैयाँको आवेदन दिएका छन् ।
कम्पनीले ६३ करोड रूपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ६३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे। कम्पनीले ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे।
लगानीर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेकाे उक्त आइपिओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।
त्यसैगरी, लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमती पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
लगानीकर्ताको रोजाइमा insurance कम्पनी | यस्ता छन् नेप्सेमा सूचिकृत महँगा जीवन र निर्जीवन कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस