Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा आइपिओ भर्ने लगानीकर्ताको भीड, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

अर्थ संसार

सोमबार, ०८ भदौ २०७७, ११ : ३८ मा प्रकाशित

बैंकमा आइपिओ भर्ने लगानीकर्ताको भीड, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

अर्थ संसार, काठमाडौं– हिजोआज बैंकमा आइपिओ भर्नेको भिड ह्वात्तै बढेको छ । बजारमा समाज लद्युवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओ निश्कासन भई धमाधम बिक्री भैरहेको छ ।  दुवै कम्पनीको शेयर आज आवेदन दिने अन्तिम दिन रहेको छ ।

राम्रो कम्पनी शेयर भएकाले बैंकमा आइपिओ भर्नेको भिड बढेको हो । सवै लगानीकर्ताले मेरो शेयर नलिएको कारण बैंकमा नै गएर आवेद फारम  भरेर बुझाउनु, बैंकको सवै शाखा नखुल्नु र  बैंकमा कर्मचारी अभावका कारण खुलेका बैंकको शाखामा यतिखेर शेयरधनीको चाप बढेको बैंकहरुले बताएका छन् ।

अर्काे तर्फ मेरो शेयरको सिस्टमले  राम्रोसँग काम नगरेकोले पनि बैंकमा आइपिओ भर्ने भीड लागेको हो । मेरो शेयरमा आवेदनको चाप बढी भएकोले मेरो शेयरको सिस्टम बेलाबेलमा डाउन हुँदै आएको छ । 

बुढी घरमा नाच्दै, बुढा आइपिओ भर्न बैंकको लाइनमा  !

मेरो शेयर कहिले चल्ने कहिले नचल्ने, त्यसमा पनि आज अन्तिम दिन बैंकमा भीड हुनेनै भयो एनआइसी एशिया बैंकमा शेयर भर्न आएका रामचन्द्र श्रेष्ठले सुनाए । 

कोरोनाको महाामारीमा आइपिओ भर्न बैंकमा लगानीकर्ताको भीड देखपछि नेपाल राष्ट्र बैंकले व्यवस्थापन गर्ने बैंकहरुलाई निर्देशन गरेको छ ।  भिड व्यवस्थापन बैंकहरुल थप केही शाखा खोली सेवा दिन बैंकहरुलाई भनिएको  राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकाल बताए । 

यो पनि पढ्नुहोस्

छुट्यो कि पछुतायो ! समाज लद्युवित्तको आइपिओ भर्ने अन्तिम मौका नछोडौं 

आवेदन दिनु भयो ? रिलायन्स लाइफको आइपिओ भर्ने आज अन्तिम दिन 

प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको शेयर बेच्ने, मूल्य प्रतिकित्ता २ हजार ३ सय रुपैयाँ 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको