अर्थ संसार, तनहुँ– तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भानु नगरपालिका–१ मा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये चार महिला र दुई पुरुष छन् । उक्त वडाका ४६ र ६३ वर्षीय पुरुष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिएका सबै समुदायका व्यक्ति हुन् । तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट सोही वडाका २० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
आज थपिएका कोरोना सङ्क्रमित शुरुमा पहिचान भएकाहरुकै नजिकका व्यक्ति रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । कन्ट्याक्ट ट्रेसिङबाट १ सय २७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
भानु नगरपालिकामा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।रासस
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस