Like us!
Follow us!
Connect us!
Watch us!

तत्काल आइपिओ निश्काशनमा रोक !

अर्थ संसार

बुधबार, १० भदौ २०७७, १० : ५५ मा प्रकाशित

तत्काल आइपिओ निश्काशनमा रोक !

अर्थ संसार, काठमाडौं–  नेपाल धितोपत्र बोर्डले तत्कालको लागि सर्वसाधारणको लाई जारी गरिने सर्वसाधारण शेयर (आइपिओ) निश्काशन  मा  रोक लगाएको छ ।  

‘भदौं १७ गतेसम्म आइपिओ निश्काशन  नगर्ने भएका छौं’–नेपाल धितोत्रपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालले अर्थ संसार डटकमलाई भने -'यो निषेधाज्ञाको  समय अवधिभर आइपिओ निश्काशन  गर्नेछैनौं, सामान्य अवस्थामा फर्केपछि पुन आइपिओ निश्कासन गर्नछौं । ' 

बजारमा केही दिनअघि  तीन वटा आइपिओ एकैचोटी निश्काशन  गर्दा लगानीकर्तालाई शेयर भर्न हम्मेहम्मे परेको थियो । घरी मेरो शेयर नखुल्ने, नजिकको बैंक नखुल्दा शेयरधनीले कहिले राती २ बजे मेरो शेयरबाट शेयर भर्न बाध्य भए भने घण्टै हिडेर बैंकमा लाइन बसी आइपिओ भरे ।

अहिलेको अवस्थामा आइपिओ निश्कासन गर्नु भनेको  लगानीकर्तालाई सास्ती दिनु बोर्डको निश्कर्ष छ ।  केही कम्पनीहरु बोर्डबाट स्वीकृत लिएर आइपिओ निष्काशनको क्रममा रहेका छन् । तर ती कम्पनीले लकडाउन खुलेपछि मात्रै आइपीओ निष्काशन गर्न पाउने छन् । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको