अर्थ संसार 
काठमाडौं–  अपी पावरले विभिन्न ८ आयोजनाबाट सौर्य उर्जा उत्पादन गर्न विद्युत प्राधिकरणबाट अनुमतिसमेत पाएको छ ।
 
कम्पनीले ढल्केवरमा १ मेगावाट, दुहवीमा १.५ मेगावाट, परवानीपुरमा ८ मेगावाट, सिमरामा १ मेगावाट, चन्द्रनिगाहपुरमा ४ मेगावाट, वर्दघाटमा १ मेगावाट, चनौटामा १.५ मेगावाट, र कावासोतीमा १.५ मेगावाट गरी ८ स्थानका लागि विद्युत प्राधिकरणबाट अनुमति पाएको हो ।
 
सबै परियोजनमा गरी १९.५ मेगावाट विद्युत उत्पादन गर्नेछ । माथि उल्लेखित आयोजनाहरु यसै आर्थिक वर्षमा सुरु गर्ने लक्ष्य लिएको छ । कम्पनीले यस प्रयासबाट उर्जा संकट समाधानमा थप टेवा पुग्ने विश्वास लिएको छ ।
 
साथै सरकारका निकायबाट समेत आउँदा दिनहरुमा आवश्यक सहयोग प्राप्त गर्दै जाने विश्वास समेत कम्पनीले लिएको प्रेश विज्ञप्ती मार्फत विश्वास लिएको छ ।   
 सरकारले आव २०७१÷७२ को बजेटमा ०७९/८० सम्म विद्युत उत्पादन गर्ने जलविद्युत आयोजनालाई प्रतिमेगावाट रु ५० लाख अनुदान दिने व्यवस्था गरेको थियो । अब सो सुविधा दिन सरकार सहमत भएको छ । यो सुविधा प्राप्त गर्ने कम्पनीमा अपि पावर पनि पर्दछ ।
 
नेपाल विद्युत प्राधिकरण संचालक समिति बाट १० मेगावाट क्षमता भएका जलविद्युत आयोजनाहरुको पानीको वहाव घट्न गई सम्बन्धित प्रबद्र्धकले तिर्नुपर्ने क्षतिपूर्ति नलिने गरी विद्युत खरिद सम्झौतामा आवश्यक व्यवस्था मिलाउने कार्यविधि २०७३ स्वीकृत भई सकेको छ ।
 
 सोही व्यवस्थाअनुसार विद्युत खरीद सम्झौतामा आवश्यक संसोधन गरिने भएकोले पानीको वहाव घट्न गई आयोजनाले तिर्नुपर्ने जरिवाना आगामी दिनमा लागु हुने छैन । सो े सुविधा अपी पावर कम्पनीले प्राप्त गरेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस