अर्थ संसार
काठमाडौं-‘पावर ब्याङ्क’को रुपमा रहेको १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत सम्भारको काम १० दिनभित्र सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।
लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण मानिएको सो आयोजनाको मर्मत सुरु भएको १० दिन भइसकेको छ । कार्यकारी निर्देशक घिसिङले अबको दश दिनमा आयोजनाको मर्मत गरी पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न निर्देशन दिएका छन् ।
प्राधिकरणकाअनुसार विगतका वर्षहरुमा जुन समयमा सबैभन्दा बढी विद्युत् आवश्यक पर्दथ्यो, सोही समयमा नै आयोजना मर्मतको नाममा बन्द गरिने गर्दथ्यो । हाल सो आयोजनाको एउटा मात्रै युनिट बन्द गरेर मर्मत गरिएको छ ।
दुई वटा युनिटबाट नियमित रुपमा ९६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालीगण्डकी जलविद्युत आयोजनाको मर्मतरसम्हार छिटो गराउने उद्देश्यले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ स्थलगत अवलोकनका लागि आयोजनास्थल पुगेका हुन् । निर्देशनअनुसार काम भए नभएको अवलोकन गर्न उहाँ आयोजनास्थल पुगेका हुन् ।
कालीगण्डकी आयोजनामा ४८ मेगावाटका ३ वटा टर्वाइन छन् ती मध्ये एउटा टर्वाइनको मर्मत भइरहेको छ । गत वर्ष यस्तै प्रकृतिको समस्या समाधान गर्न प्राधिकरणले ४२ दिन लगाएको थियो । साँझको समयमा मात्रै आयोजना सञ्चालन हुने भएकाले सो आयोजनालाई ‘पावर ब्याङ्क’को रुपमा लिने गरिन्छ ।
आयोजनाको उपयोग र उचित व्यवस्थापन गरेर नै कुलुकभर विद्युत्भार कटौती अन्त्य गराउन सफलता प्राप्त भएको हो । प्राधिकरणको प्रवद्र्धनमा कालिगण्डकी आयोजना विगत १४ वर्षखेखि सञ्चालनमा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस