अपि पावरको सहायक कम्पनीको रुपमा रहेको सिद्धकाली हाइड्रोले निर्माण गर्ने सो आयोजनाको सुरुङ मात्रै  ८ किलोमिटर लामो हुने छ । आयोजनाले निर्माण गर्न लागेको यो सुरुङ नेपालकै सबैभन्दा लामो सुरुङ हुने कम्पनीले जनाएको छ ।
कूल ८ किलोमिटर लामो सुरुङमा ३८० मिटर फलामे पाइपबाट पानी लगिने छ । वाँधबाट आयोजनाको हेडसम्म सरुङबाटै पानी लगिने न्यौपानेले जानकारी दिनुभयो । शतप्रतिशत स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्न लागिएको यो आयोजनाको कूल लागत करिब १५ अर्ब रहेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत सरकारले निर्माण गर्ने न्यू मस्र्याङदी–काठमाडौं २२० केभी ट्रान्समिसन लाईनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ । न्यौपानेका अनुसार निर्माण सुरु गरेको ४ वर्षमा आयोजना सम्पन्न हुनेछ ।अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस