अर्थ संसार, काठमाडौं – अर्थमन्त्री एवंम सञ्चार तथा सूचना प्रविधि मन्त्री र सरकार प्रवक्ता डा. युवराज खतिवडाले आज बेलुकासम्म पदबाट राजिनामा दिने घोषणा गरेका छन् । आज (शुक्रबार) बसेकाे मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।
उनी ६ महिनाका लागि मन्त्री नियुक्त भएका थिए । सांसद नभएको व्यक्ति ६ महिनाभन्दा धेरै समय मन्त्री बन्न नपाउने संवैधानिक प्रावधानको कारण उनले राजिनामा दिन लागेका हुन् ।
त्यस्तै, बिहीबार बसेकाे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त रहेकाे एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेका छन् । 
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस