अर्थ संसार
काठमाडौं– फेसबुकमा कुनै राम्री केटीको फोटो देखेर मख्ख पर्दै साथी बनाउनु भएको छ । राम्री केटी पट्याएर घर जम गर्ने वा माया प्रेम गर्ने सोचमा हुनुहुन्छ भने ध्यान दिनुहोला । फेसबुकमा राम्रा फोटो हालेर तपाईलाई माया प्रेमको नाटक गर्नेले तपाईलाई ठाँउको ठाँउ डुबाइदिन सक्छन् वा तपाई लुटपातमा समेत पर्न सक्नुहुन्छ ।
फेसबुकमा प्रेमको नाटक गरेर लुटपाट गर्ने ठूलो गिरोह नै सक्रिय रहेको पाइएको छ । नेपाल प्रहरीको साइबर क्राइम डिभिजनमा दैनिक दर्जनौ ठगीका घटना दर्ता भइरहेको छ । फेसबुकको प्रयो गरेर सोझा साझा युवालाई माया प्रेममा पार्ने र लुटपाट नै गर्ने गिरोह क्रियाशिल रहेको छ ।
प्रहरीले फेसबुकबाटै साथी बनाएर लुटपाट कार्यमा संलग्न रहेको अभियोगमा खोटाङ बुईपा–९ घर भई हाल काठमाडौं महानगरपालिका–३४ शान्तिनगर बस्ने १९ बर्षीय रिजन गुरुङ् लगायत ३ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
चैत २६ गते काठमाडौं महानगरपालिका–३ बानेश्वर शान्तिनगर स्थितबाट सप्तरी कमलपुरा–७ घर भएका २७ बर्षीय विवाकर मण्डलको साथबाट ६र ७ जनाको समूहमा रहेका व्यक्तिहरुले बा ७० प ७८९२ नम्बरको सवारी दर्ता किताव १ थान, सामसुङ्ग मोबाईल १ थान, फास्ट ब्याग घडी १ थान र नगद रु १४ हजार ८ सय जबरजस्ती लुटपाट गरी फरार भएकोमा उनीहरुको खोजी गर्ने क्रममा रिजन गुरुङ् लगायत ३ जनालाई काठमाडौं महानगरपालिका–३५ जडिबुटीबाट सवारी दर्ता किताव १ थान, सामसुङ्ग मोबाईल १ थान र नगद ५ हजार सहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विवाकरसँग फेसबुकमार्फत एक युवतीले सम्पर्क बढाएको र भेटघाट गर्ने बाहनामा बोलाएर लुटपाट गरिएको हो । पहिले माया गरौ भनी मैले माने पछि त उसको नियत नै लुटपाट गर्ने रहेछ । म त बर्बाद भए विवाकरले भने । सो घटनाबारे अनुसन्धान चलिरहेको प्रहरी भनाई छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस