अर्थ संसार
काडमाडौं-नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका २०७३ लाई संशोधन गरी समसामयिक बनाएको छ । एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड अमाउन्ट (आस्बा) प्रणाली लागू भएपछि देखिएका समस्यालाई निराकरण गर्न बोर्डले निर्देशिका संशोधन गरेको हो ।
बोर्डले आस्बा प्रणालीको क्षेत्र विस्तार गरी सरकारी स्वामित्व रहेको वाणिज्य बैंकलाई सहभागी गराउने भएको छ । यसबाट अब पचहत्तरै जिल्लाबाट आस्बा प्रणालीमार्फत दरखास्त दिन सकिने बोर्डले जनाएको छ । लगानीकर्ताले वेबसाइटबाट सहज ढंगले दरखास्त फारम प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।
निष्कासन भएको धितोपत्र तोकिएको समयावधिभित्र बिक्री भएरनभएको यकिन गर्ने तथा दरखास्त सम्वन्धी अभिलेखलाई व्यवस्थित, छिटोछरितो र सहज गराउने उद्देश्य रहेको बोर्डले जनाएको छ ।
सम्बन्धित वैंक वा वित्तीय संस्थाले समेत दरखास्तसाथ प्राप्त कागजात तथा विवरणको आवश्यक जाँचबुझ एवं हितग्राही खाता रुजु गर्न सक्ने व्यवस्था गरी बाँडफाँट समयावधि कम गर्ने बताइएको छ ।
लगानीकर्ताबाट दरखास्तसाथ पेश गर्नुपर्ने सेवा शुल्क बढी भएको भन्ने गुनासो आएकोमा उक्त शुल्क कम गर्ने तथा निष्कासन तथा बिक्री प्रबन्धकले प्राप्त गर्ने शुल्क १० रुपैयाँमात्र गरिएको तथा बोर्डमा बुझाउनुपर्ने तीन प्रतिशत शुल्क हटाएको बोर्डले जनाएको छ । हाल २५० रुपैयाँसम्म लिन सक्ने व्यवस्था रहेकोमा बढीमा एक सय रुपैयाँमात्र शोवा शुल्क लिन सकिने व्यवस्था गरिएको छ ।
साथै आस्बा प्रणालीमा सहभागी केही बैंक तथा वित्तीय संस्थाहरूले आस्बामा अनलाइनमार्फत दरखास्त लिने व्यवस्था गर्न सुरु गरिसकेको साथै यो सेवालाई अझ छिटोछरितो गर्न सबै सहभागी संस्थाहरुलाई यथाशीघ्र अनलाइनमार्फत दरखास्त लिने व्यवस्था गर्न समेत निर्देशन दिइएको बोर्डले जनाएको छ ।
कारोबारबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस