Like us!
Follow us!
Connect us!
Watch us!

थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि, ९१८ डिस्चार्ज

अर्थसंसार

बुधबार, २४ भदौ २०७७, १४ : ३६ मा प्रकाशित

थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि, ९१८ डिस्चार्ज

अर्थ संसार, काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

११ हजार १६७ जनाको स्वाव परिक्षण गरिएकोमा १ हजार ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म नेपालमा ७ लाख ९९ हजार ३४१ जनाको पिसिआर विधिबाट परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको १५ हजार २५ जना छन् । 

पछिल्लो २४ घण्टामा देशभरबाट थप ९१८ जना डिस्जार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या ३३ हजार ८८२ पुगेको छ । हाल क्वारेन्टाइनमा ५ हजार ४८० जना रहेका छन् । त्यस्तै संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना छन् भने होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् ।
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको