Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुग्यो

अर्थसंसार

विहीबार, २५ भदौ २०७७, १० : ५४ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुग्यो

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । जसमध्ये १ महिला र ४ जना पुरुष छन् । 

मृत्यु हुनेहरुमा काठमाडौंकी ५५ वर्षीया महिला, काठमाडौंको ५९ वर्षीय पुरुष, काठमाडौंकै ८३ वर्षीय पुरुष, चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुष रहेका छन् ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जना संक्रमित थपिँदा १ हजार ८१८ संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमितको कुल संख्या ५० हजार ४६५ पुग्दा ३५ हजार ७०० जना निको भएर फर्किसकेका छन् । कुल संक्रमितको ७१ प्रतिशत अर्थात ३५ हजार ७ सय बिरामी निको भएर घर फर्किएका हुन्। 

त्यस्तै नेपालमा हाल १४ हजार ४ सय ४ ४८ जना सक्रिय संक्रमित रहेका छन् । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको