अर्थ संसार
काठमाडौँ– सरकारी कर्मचारीको मिलेमतोमा सरकारी एवम् गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रम पछिल्लो दिनमा बढ्दै गएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो दिनमा पक्राउ गरेका सरकारी अधिकारी मात्रै हेर्ने हो भने एक दर्जनको हाराहारीमा पुगेको छ ।
काठमाडौँ उपत्यका भित्रका अधिकाशं सरकारी एवम् गुठीको जग्गा जग्गा दलालसँग मिलेर व्यक्तिको नाममा बनाउने र करोडौ रकम लिएर बिक्री गर्ने ठूलो गिरोह नै क्रियाशिल रहेको पाइएको छ ।
सोही सिलसिलामा आज पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सरकारी कर्मचारीलाई क्रिाउ गरेको छ । तत्कालीन बागेश्वरी– ४ भक्तपुरस्थित गुठीको जग्गा मोही नामसारी गर्ने क्रममा रु ५० हजार घुस लिदै गरेको अवस्थामा गुठी संस्थान भक्तपुरका सहायक प्रशासक छत्रबहादुरलाई फक्राउ परेका हुन् ।
आयोगका प्रवक्ता जीवराज कोइरालाकाअनुसार सहायक प्रशासक पौडेलले घुस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।
आयोगले आजै सहायक प्रशासक पौडेललाई हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा समेत दायर गरेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस