Like us!
Follow us!
Connect us!
Watch us!

पन्ध्र किलो गाँजासहित दुईजना पक्राउ

बुधबार, ३० चैत्र २०७३, १४ : १७ मा प्रकाशित

पन्ध्र किलो गाँजासहित दुईजना पक्राउ

अर्थ संसार 

लहान–लागुऔषध गाँजासहित सिरहाको गोलबजार क्षेत्रबाट आज प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालयको टोलीले बोरामा गाँजा प्याक गरिरहेको अवस्थामा १५ किलो गाँजासहित मुक्सारबाट स्थानीय नेमचन साह तेली र उदयपुर रिस्कु–२ निवासी प्रेमवहादुर राईलाई पक्राउ गरेको हो । 

गाँजा बोरामा प्याकिङ गरी निकासीको तयारी गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मुक्सारस्थित छत्रबहादुर राईको गोठबाट बोरामा गाँजा प्याकिङ गरिरहेकै अवस्थामा ती दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको