Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले घटेको बजारमा एक अर्ब ४८ करोडको कारोबार

विहीबार, ३१ चैत्र २०७३, १६ : ०६ मा प्रकाशित

सामान्य अंकले घटेको बजारमा एक अर्ब ४८ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं– साताको अन्तिम दिन (आज) बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । यस दिन ५.९४ अंकले घटेको छ ।

१ सय ४३ वटा कम्पनीको २१ लाख ३३ हजार ४ सय १६ वटा सेयर कित्ता खरिद बिक्री हुँदा एक अर्ब ४८ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन विकास बैंक र इन्स्योरेन्स समुह बाहेक अरु सवै समूहहरु राताम्मै भएका छन् । विकास बैंक ०.६९ अंक, इन्स्योरेन्स ६४.४८ अंकले बढेका छ ।

यता बैंक १०.७२ अंक, होटल ५.३३ अंक, हाइड्रोपावर २२.०७ अंक, फाइनान्स ३.८ अंक, उत्पादन २.७६ अंक र अन्य ४.०५ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

58ef593308ddf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको