Like us!
Follow us!
Connect us!
Watch us!

सहारा विकास बैंकको अवितरित हकप्रद शेयर बाँडफाँड

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, ०८ : २७ मा प्रकाशित

सहारा विकास बैंकको अवितरित हकप्रद शेयर बाँडफाँड

अर्थ संसार, काठमाडौँ - सहारा विकास बैंक लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ ।

बैंकले श्रावण ३० गते शुक्रबारदेखि भाद्र २३ गतेसम्म लिलामी मार्फत बिक्री खुल्ला गरेको उक्त हकप्रद शेयर असाेज १ गते, बिहीबार बाँडफाँड गरेकाे हाे ।

अवितरित हकप्रद शेयर बाँडफाँडमा नपरेकाे शेयर बापतकाे रकम हिजाे (आइतबार) देखि फिर्ता भएको छ । आवेदकले उक्त रकम आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता पाउनेछन् ।

बैंकले संस्थापक समूहकाे ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गरेकाे थियाे ।

बैंककाे हकप्रद बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

5f6814c0cd571.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको