अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि क्यापिटल लिमिटेडकाे एनएमबि हाईब्रिड फण्ड एल १ र  एनएमबि ५० काे लाभांश घाेषणा भएको छ ।
कम्पनीको भदौ ४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई कर सहित ८ प्रतिशतका दरले र एनएमबि ५० का इकाईधनीहरूलाई कर सहित ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
प्रतिफल वितरण गर्ने प्रयाेजनका लागि असाेज १६ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द गरिने भएले असोज १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका  इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस