Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओको मूल्यमा सनराइज क्यापिटलको संस्थापक शेयर बिक्री खुल्ला

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, ०९ : २५ मा प्रकाशित

आइपिओको मूल्यमा सनराइज क्यापिटलको संस्थापक शेयर बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्वामित्वमा रहेको सनराइज क्यापिटल लिमिटेडको संस्थापक शेयर आजबाट बिक्रीका लागि खुल्ला भएको छ । 

बैंकले  सनराइज क्यापिटलको ४ लाख २८ हजार ५८० कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक आवेदकले आज (असोज ६ गते मंगलबार)देखि असोज २० गतेसम्म आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकु काठमाडौंमा आइपुग्ने गरी आवेदन गर्न सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू २०५.८२ पैसा तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बालकबोल गर्नु पर्नेछ ।  

बैंकले जारी गरेको सूचना हेर्नुहोस्:-

5f69742c9bf04.JPG 5f69743192bc3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको