Like us!
Follow us!
Connect us!
Watch us!

हाईड्रोपावरमा लगानी गर्ने हो ? युनाइटेड इदी मर्दीको आइपिओ आजदेखि बिक्री खुल्ला

अर्थ संसार

बुधबार, ०७ असोज २०७७, ०० : ०० मा प्रकाशित

हाईड्रोपावरमा लगानी गर्ने हो ?  युनाइटेड इदी मर्दीको आइपिओ आजदेखि  बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं -युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले साधारण शेयर (आइपिओ) असोज ७ गते अर्थात आजदेखि निष्काशन  गरेको छ ।

कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित स्थानिय बासिन्दालाई आइपिओ निष्काशन गरेको हो । 

पहिलो चरणमा कम्पनीले स्थानीयलाई १०० रुपैयाका दरले ४,२०,०० कित्ता सेयर जारी गरेको छ । दाश्रो चरणमा सर्वसाधारणलाई गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख ३० हजार कित्ता आइपिओ निष्काशन गर्नेछ।

शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।

सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ।  निष्काशन बन्द छिटोमा २०७७ असोज २१ र ढिलोमा कात्तिक ०६ गते हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको