Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको १८ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थसंसार

शुक्रबार, ०९ असोज २०७७, ०७ : २७ मा प्रकाशित

मेगा बैंकको १८ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौं – मेगा बैंक लिमिटेडले असाेज ११ गते आइतबारबाट १८ लाख कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हाे ।

उक्त शेयर खरिदका लागि लगानीकर्ताहरुले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता शेयर र दररेट खुलाई गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्नेछन् । त्यसका लागि न्यूनतम १ सय रूपैयाँ र त्यस भन्दा बढी कतिमा शेयर खरीद गर्न चाहेको हो ? स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने मेगा बैंकले जनाएको छ । 

मेगा बैंकले २०७४ साल भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हदप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेको थियो । तर, त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका शेयरहरुका लागि आवश्यक आवेदन नपरेकाले ती शेयरहरु अहिले बोलकबोलमार्फत बिक्री गर्न लागिएको मेगा बैंकले जनाएको छ । 

बैंकको निष्कासन तथा बिक्री प्रबन्धक  मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :
 

5f6d4be2e3970.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको