Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ कम्पनीको २ करोड ६० लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, ०९ असोज २०७७, १३ : ५० मा प्रकाशित

नेप्सेमा ६ कम्पनीको  २ करोड ६० लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौँ -नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ६ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेको अनुसार  लिवर्टी इनर्जी कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड,एनएमबि बैंक लिमिटेड, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । 

कुन कम्पनीको कति कित्ता ? 

. लिवर्टी इनर्जी कम्पनी लिमिटेड = १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ)

२. प्रभु बैंक लिमिटेड =  ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४’ को २० लाख कित्ता ऋणपत्र

३. एनएमबि बैंक लिमिटेड = कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेपश्चात कञ्चन डेभलपमेन्ट बैंककाे ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता शेयर

४. समाज लघुवित्त वित्तीय संस्था लिमिटेड = २ लाख कित्ता साधारण शेयर (आइपिओ)

५. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड = १ लाख ३५ हजार कित्ता बाेनस शेयर

६. एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड = ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद शेयर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको