Like us!
Follow us!
Connect us!
Watch us!

मेरो शेयरको एपबाट जनरल इन्स्योरेन्सको आइपिओ भर्न नमिल्ने

अर्थ संसार

शुक्रबार, ०९ असोज २०७७, १४ : १२ मा प्रकाशित

मेरो शेयरको एपबाट जनरल इन्स्योरेन्सको आइपिओ भर्न नमिल्ने

अर्थ संसार, काठमाडौं -मेरो शेयर एपबाट  जनरल इन्स्योरेन्सले असोज ११ गतेबाट निष्काशन गर्ने सर्वसाधारण  शेयर (आइपिओ) भर्न नमिल्ने भएको छ । 

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)ले शेयर कारोबारहरू गर्नका लागि थप सहज बनाउने उद्देश्यले भाद्र ३१ गते बुधबारबाट ुमेरो शेयरु एप सञ्चालनमा ल्याएको छ । 

मेरो शेयर एप सञ्चालनमा आइसकेको भएतापनि आइतबारबाट निष्कासन हुन लागेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) भने मेरो शेयर एपबाट भर्न नमिल्ने भएको छ ।

सिडिएससीले मेरो शेयर एप गत साता नै सार्वजनिक गरेको भएपनि उक्त एप पूर्ण रूपमा भने सञ्चालन भइसकेको छैन । सिडिएससीले दिएको जानकारी अनुसार हाल  मेरो शेयर एप बेटा भर्जन मै छ । यो एपको फुल भर्जन आएपछि मात्र यस एपबाट साधारण शेयर (आइपिओ) भर्न मिल्दछ । यसका साथसाथै हाल मेरो शेयर एपमा आस्वा सुविधा पनि छैन । हाल लगानीकर्ताहरूले वेभसाइटबाटै  साधारण शेयर (आइपिओ) भर्नुपर्ने छ ।

भर्ने होइन जनरल इन्स्योरेन्सको आइपिओ ? (सम्पूर्ण जानकारी भिडियोमा) 

Upcoming IPOs l लगानी गर्ने अवसर नै अवसर l कुन-कुन कम्पनीका आइपिओ आउँदै छन् ? एक विशेष जानकारी

Share Sambad with Bishnu Prasad Basyal || नेप्से २००० देखि २२०० पुग्नेछ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको