अर्थ संसार, काठमाडौं - एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले २०७७ भाद्र मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
एनआइबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो फण्डको भाद्र मसान्तसम्म आइपुग्दा प्रतिइकाइ खुद मूल्य गत साउनको तुलनामा घटेको छ । भाद्र मसान्तसम्ममा यो फण्डको प्रतिइकाइ खुद मूल्य ११.०५ रुपैयाँ पुगेको छ । गत साउनमा यो फण्डको प्रतिइकाइ खुद मूल्य ११.१२ रुपैयाँ रहेको थियो।
भाद्र मसान्तसम्ममा यो फण्डको कुल आय ९ करोड २० लाख ५३ हजार १ सय ६२ ले रहेको छ । गत साउन मसान्तसम्म कुल आय १ करोड ९६ लाख ९० हजार ५ सय ५१ रुपैयाँ रहेको थियो। साउन महिनाको तुलना भाद्र महिनामा आय रकम घटेको छ ।
फण्डले सार्वजनिक गरेकाे भाद्र मसान्तकाे वित्तीय विवरण हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस