Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्वीटी फण्डको नाफा बढ्यो (विवरण हेर्नुहोस्)

अर्थ संसार

बुधबार, १४ असोज २०७७, १२ : ३५ मा प्रकाशित

नबिल इक्वीटी फण्डको नाफा बढ्यो (विवरण हेर्नुहोस्)

अर्थ संसार, काठमाडौं - नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्डले भदौ मसान्तसम्मको वित्तीय विवरण सर्वाजनिक गरेको छ ।

फण्डको भाद्र मसान्तसम्म आइपुग्दा प्रतिइकाइ खुद मूल्य गत साउनको तुलनामा बढेको छ । भाद्र मसान्तसम्ममा यो फण्डको प्रतिइकाइ खुद मूल्य १०.९६ रुपैयाँ पुगेको छ । गत साउनमा यो फण्डको प्रतिइकाइ खुद मूल्य १०.७८ रुपैयाँ रहेको थियो।  

फण्डले भदौ मसान्तसम्ममा ११ करोड ६६ लाख २६ हजार रुपैयाँ नाफा गरेको छ । यो नाफा साउन मसान्तसम्म १ करोड ९८ लाख ७३ हजार रुपैयाँ रहेको थियो । साउन मसान्तसम्मको तुलनामा भदौ मसान्तसम्ममा योजनाले ९ करोड ६७ लाख ५३ हजार नाफा आर्जन गरेको छ । 

यस्तै भदौ मसान्तसम्म फण्डले कुल आय १२ करोड ११ लाख ५५ हजार रुपैयाँ रहेको छ । साउन मसान्तसम्म २ करोड २२ लाख ६२ हजार  रुपैयाँ कुल आय रहेको छ । कुल आयमा बृद्धि भएसँगै योजनाको नाफा बढेको छ ।

यस योजनाले भदौ मसान्तसम्म सूचीकृत तथा सूचीकृत नभएका शेयर, डिबेन्चर तथा मुद्धती निक्षेप समेत गरी योजनाले धितोपत्र दलाल कमिसन तथा कारोबार शुल्क समेत ९५ करोड ३७ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ ।  

फण्डले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको