Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा मन्त्रालयको नयाँ घोषणा : पाँच वर्षमा आम नेपालीलाई जलविद्युतको सेयर

सोमबार, ०४ बैशाख २०७४, १९ : ०८ मा प्रकाशित

ऊर्जा मन्त्रालयको नयाँ घोषणा : पाँच वर्षमा आम नेपालीलाई जलविद्युतको  सेयर

अर्थ संसार 
काठमाडौँ, ऊर्जा मन्त्री शर्माले आगामी पाँच वर्षभित्र हरेक नेपालीलाई रु उक लाख बराबरको सेयर प्रदान गर्ने गरी कार्ययोजना बनीरहेको बताउनुभयो ।‘‘पैसा लगानी गर्न सक्नेलाई लगानीको आग्रह गर्ने, नसक्नेलाई श्रम मार्फत सेयर दिने व्यवस्था गरिन्छ । त्यसको कार्ययोजना बनीरहेको छ ।’

’उहाँले पहिलो चरणमा कर्णालीका जनतालाई रु एक लाखको सेयर प्रदान गरिने र क्रमशः सबैलाई सेयर प्रदान गर्ने गरी कार्ययोजना बनीरहेको उल्लेख गर्नुभयो ।नेपालको पानी जनताको लगानी योजनाअनुसार नै मुलुकभित्रैको साधन र स्रोत जुटाएर आगामी सात वर्षभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको स्पष्ट पार्दै मन्त्री शर्माले सरकारी तथा गैरसरकारी तहबाट भएका प्रयास र प्रयत्नले उक्त सफलता हासिल गरिने जानकारी दिनुभयो ।

विद्युत्भार कटौतीको अन्त्य गर्ने मात्रै सरकारको लक्ष्य नभएको भन्दै मन्त्री शर्माले मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धि, बेरोजगारी समस्याको अन्त्य तथा विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमा नै फर्काउने लक्ष्यका साथ काम सुरु भएको बताउनुभयो ।

सरकारले पूर्वदेखि पश्चिमसम्म ६६५ केभीको प्रसारण लाइन, उत्तर दक्षिण तथा नदी कोरिडोर प्रसारण लाइनको कार्ययोजना अगाडि बढेको स्पष्ट पार्नुभभयो ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभित्रका ठूला जलविद्युत् आयोजनालाई साँझको समयमा मात्रै चलाइएको, भारतबाट गत वर्ष भन्दा ४५ मेगावाट मात्रै विद्युत् आयात गरेर आन्तरिक व्यवस्थापन गर्दा नै ठूलो उपलब्धी हासिल भएको बताउनुभयो ।

प्राधिकरणले गत साउनदेखि हालसम्म चार प्रतिशत विद्युत् चुहावट घटाएको, पूर्ण क्षमतामा आयोजना सञ्चालनमा ल्याइएका कारण पनि काम गर्न सहज भएको र मुलुकको अर्थतन्त्रमा नै सकारात्मक प्रभाव परेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा ऊर्जा मनत्रालयका सहसचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चिकित्सक डा भोला रिजाल, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)का अध्यक्ष शैलेन्द्र गुरागाई,लगायतले सरकारले विद्युत्भार कटौती अन्त्य गरेर मुलुकमा नयाँ आशाको सञ्चार गरेको बताउनुभयो ।

कार्यक्रममा नियमित विद्युत् आपूर्तिपछि होटल व्यावसाय सञ्चालनमा सहजता भएको, उद्योगको उत्पादन क्षमता बढेको, रोजगारीको अवसर बढेकाले आर्थिक क्षेत्रमा नै सकारात्मक प्रभाव परेको जानकारी दिइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको